×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको मोबाइल बैंकिङबाट ४ पालिकाको कर तिर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशियाको मोबाइल बैंकिङबाट ४ पालिकाको कर तिर्न सकिने

Artha Sarokar

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङबाटै पालिकाको कर तिर्न सकिने सुविधा ल्याएको छ । बैंकले मोबाइल बैंकिङबाटै काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिकाको कर तिर्न सकिने सुविधा ल्याएको हो ।

आफ्ना ग्राहकको सुविधा र सहजताका लागि चार पालिकासँगको समझदारी र सहकार्यमा यस्तो सुविधा ल्याएको बैैंकले जनाएको छ । बैंकको यो सुविधासँगै नगरपालिकाको कर तिर्न कार्यालयसम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

बैंकका अनुसार एनआईसी एशियाको मोबाइल बैंकिङ एप वा इन्टरनेट बैंकिङमार्फत यी चार पालिकामा व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर तथा अन्य सबै प्रकारका करहरू सहजै तिर्न सकिनेछ । वित्तीय क्षेत्रमा आम नागरिकको पहुँच बढाउनुका साथै सबै क्षेत्रलाई डिजिटल बैंकिङसँग जोड्ने उद्धेश्यले यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।

यसो त बैंकको यो सुविधाप्रति सेवाग्राहीहरु निकै सन्तुष्ट देखिन्छन् । विगतमा पालिकामा कर तिर्नकै लागि टाढाको यात्रा गर्नुपर्ने र लाईन बस्नुपर्ने बाध्यता रहेको भए पनि हाल भने उक्त बाध्यताको अन्त्य भएको सेवाग्राहीहरु बताउँछन् । ‘विगतमा कर तिर्न साह्रै दुःख थियो । पालिकासम्म पुग्न लामो यात्रा गर्नुपर्ने, त्यसैमाथि कार्यालयमा लाईन लाग्नुपर्ने । साह्रै दिक्क थियो ।’, काठमाडौंका एक स्थानीयले भने, ‘अहिले आनन्द छ । घरमै बसीबसी कर तिर्न मिल्छ । समयको पनि बचत भएको छ, झण्झटिलो प्रक्रियाबाट पनि मुक्ति पाइएको छ ।’

कसरी तिर्ने कर ?
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट चार पालिका (काठमाडौं, धरान, धुलिखेल र बुटवल)को कर तिर्न सबैभन्दा पहिला बैंकको मोबाइल एप लगइन गर्नुपर्छ । त्यसपछि एपमा देखिने ‘पेमेन्ट’ अप्सनमा क्लिक गरी ‘गर्भमेन्ट रेभिन्यु’मा क्लिक गर्नुपर्छ । त्यसपछि ‘लोकल गर्भमेन्ट पेमेन्ट’मा छनोट गरी ‘सेलेक्ट काउन्टर’ भन्ने अप्सनमार्फत सहजै रुपमा पालिकामा तिर्नुपर्ने कर तिर्न सकिन्छ ।

यतिमात्र होइन बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोग गरी सरकारको कर, ट्राफिक प्रहरीको जरिवाना, सवारी नवीकरण शुल्क, बस र हवाइजहाज टिकट, स्कुल तथा कलेजको शुल्क, आईपीओ, युटिलिटी बिल पेमेन्ट, फन्ड ट्रान्सफर, मोबाइल टपअप, शेयर कारोबार, रेमिट्यान्स, खानेपानी, विद्युत, इन्टरनेट, केवल, बस, एयरलाइन्स, रिचार्ज कार्ड, इन्स्योरेन्स शुल्क पनि तिर्न सकिन्छ ।

हाल यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी