काठमाडौं । यदी तपाई बैंकमा मुद्धती खाता खोल्न चाहनुहुन्छ भने के गर्नुहुन्छ ? अवस्य पनि धेरैको जवाफ हुनसक्छ, ‘बैंकमा जान्छु ।’ तर, एनआईसी एशिया बैंकले मुद्धती खाता खोल्नका लागि बैंकसम्मै धाउनुपर्ने ग्राहकको बाध्यतालाई अन्त्य गर्दै मोबैंकबाटै मुद्धती खाताको सुविधा ल्याएको छ ।
एनआईसी एशिया बैंकले बैंकको डिजिटल प्लेटफर्म मोबैंकबाटै मुद्धती निक्षेप खाता खोल्न सकिने सुविधा ल्याएको हो । पछिल्लो समय मुद्धती खाता खोल्नेहरुको संख्या बढेसँगै बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै मोबाइलबाटै खाता खोल्न सकिने सुविधा ल्याएको बैंकले जनाएको छ ।
बैंकको उक्त सुविधा अन्तर्गत कुनै पनि ग्राहकले सहजै रुपमा आफ्नो मोबाइल बैंकिङ एपको प्रयोग गरी सर्वश्रेष्ठ मुद्धती खाता खोल्न सक्नेछन् । जसको लागी बैंकका ग्राहकले आफ्नो मोबाइलमा एनआईसी एशिया मोबैंक एप डाउलोड गर्नुपर्छ । एप्लिकेशन डाउनलोड गरेपछि लगइन गरी देहाएको प्रक्रिया पूरा गरी ग्राहकले सहजै रुपमा बैंकमा सर्वश्रेष्ठ मुद्धती खाता खोल्न सक्नेछन् । यतिमात्र होइन, बैंकको इन्टरनेट बैंकिङको प्रयोग गरेर पनि मुद्धती खाता खोल्न सकिने जनाएको छ ।
बैंकले मोबाइल बैंकिङबाटै मुद्धती खाता खोल्न सकिने सुविधा ल्याएपछि निकै सहज भएको ग्राहकहरु बताउँछन् । यता बैंकले यो सुविधा सुरु गरेसँगै मोबाइल बैंकिङमार्फत सर्वश्रेष्ठ मुद्धती खाता खोल्नेहरुको संख्या बढेको बैंकले जनाएको छ ।
लागतारको अथक प्रसायसपछि एनआईसी एशिया बैंकले आफुलाई देशभरमै सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकका रुपमा स्थापत गर्न सफल भएको छ । हाल एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्