काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ७८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ३३ करोड १२ लाख ९० हजार ९ सय १२ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबार सेयर बजारमा रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, स्वेत-गंगा हाइड्रोपावर, अरुण काबेली पावर, नेपाल फाइनान्स लिमिटेड र १०.३५% अग्रिकल्चर बैंक डेबेञ्चर २०८३ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ३३ करोड १२ लाख ९० हजार ९ सय १२ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन लाइफ इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक प्रमोटर सेयर, शिवम् सिमेन्ट, सिटि होटल लिमिटेड र एनएमबि बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबार सेयर बजारमा हिमालयन हाइड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयन हाइड्रोपावरमा यस्तो गिरावट आउँदा सिटि होटल, सिद्धार्थ इक्वटी फण्ड, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्