काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहिबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
बुधबार १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९६ हजार ३ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।