Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

बिहिबार १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९६ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ६९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK