काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रवार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै राजीनामा माग गरेका हुन् ।
अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी दिने प्रतिवद्धता जनाएको भए पनि असार मसान्तसम्म भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । उनले सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरेको बताएका छन् ।
‘सरकारले हामीले गरेको कामको भुक्तानी दिएको छैन । भुक्तानी नपाएपछि बैंकहरुमा तिर्नुपर्ने ऋण र किस्ता कसरी तिर्ने ?’, सिंहले भने, ‘किस्ता तिर्न नसकेपछि बैंकहरुले भकाभक निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राख्न थालेका छन् । अर्कोतिर मजदुरलाई पारिश्रमिक पनि दिन सकिएको छैन ।’ त्यस्तै, उनले सरकारले भुक्तानी गर्न नसके तत्काल आयोजना खारेज गर्नुपर्ने बताएका छन् ।
आयोजना निर्माणमा क्रममा निर्माण व्यवसायीसँग सम्झौता गरेर भुक्तानी दिन सक्दिन भन्न नपाउने व्यवसायीहरुको भनाई छ । उनीहरुले लामो समयदेखि निर्माण कार्य ठप्प रहेको र काम गर्ने वातावरण सृजना गर्न नसक्नु सरकारको कमजोरी भएको आरोप लगाएका छन् ।
त्यस्तै, निर्माण व्यवसायी महासंघका उपाध्यक्ष रामजी पन्तले पनि निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताएका छन् । ‘सुरुमा सम्झौता भयो । हामीले पनि बजारबाट ऋण उठाएर काम सुरु गरियो तर अहिले सरकार भुक्तानी दिन सकिन्न भन्छ ।’, उनले भने, भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’
प्रदर्शनका क्रममा उनीहरुले ‘व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर’, ‘मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर’, ‘असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर’, ‘निर्माण कार्यको म्याद थप गर’ लगायतका प्लेकार्डसहित विरोध गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्