काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८६ कम्पनीको ७१ लाख ८४ हजार २ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड १३ लाख ११ हजार ३ सय ७२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सनराइज फोकस्ड इक्वटी फण्ड लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा एनआइबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड-२, १०.२५% माछापुच्छ्रे बैंक डेबेञ्चर २०८५ र ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड १३ लाख ११ हजार ३ सय ७२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन लाइफ इन्स्योरेन्स, माउनटेन इनर्जी नेपाल, हिमालयन एभरेस्ट इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र सोल्टी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा लिबर्टी इनर्जी कम्पनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।लिबर्टी इनर्जी कम्पनीमा यस्तो गिरावट आउँदा मकर जितुमाया सुरी हाइड्रोपावर, ९.५% मन्जुश्री फाइनान्स लिमिटेड डेबेञ्चर २०८५, हिमालयन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्