Skip to content
LAXMI SUNRISE BANK

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार युरो एकको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २१ पैसा पुगेको छ ।

शनिबार यता स्थिर जस्तै रहेको अमेरिकी डलरको भाउ आज घटेर आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।

यस्तै, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै, क्यानडियन डलरमा आज सामान्य गिरावट आएको छ । आज एक डलर खरिद दर ९९ रुपैयाँ ५ पैसा र बिक्री दर ९९ रुपैया ५० रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK