काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६० कम्पनीको ८६ लाख ७४ हजार १ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार युनाईटेड अजोड इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २३ करोड ५७ लाख ४५ हजार ४ सय ५७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा बिपीडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बिशाल बजार कम्पनी, युनाईटेड अजोड इन्स्योरेन्स, बोटलर्स नेपाल (तराई), सिटिजन्स बैंक इन्टरनेशनल र प्रभु बैंकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार युनाईटेड अजोड इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २३ करोड ५७ लाख ४५ हजार ४ सय ५७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था, हिमालयन लाइफ इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एनआइबिएल सम्वृद्धि फण्ड-२ ले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइबिएल सम्वृद्धि फण्ड-२ मा यस्तो गिरावट आउँदा १२% गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८३, सनराइज फोकस्ड इक्वटी फण्ड, १०% प्राईम डेबेञ्चर २०८८ र सिभिल बैंक डेबेञ्चर २०८८ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्