काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
शुक्रबार १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९६ हजार २ सय ८० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५६ रुपैयाँ कायम गरेको छ ।