×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, १ लाख ५० हजार ठगीको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, १ लाख ५० हजार ठगीको आरोप

Artha Sarokar

८ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ०२ स्थाई घर भई हाल काठमाडौं जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.०१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी पक्राउ परेका हुन् ।

उनले भगवती अधिकारीलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु र पोल्याण्ड पुगेपछि आकर्षक तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेर रकम ठगी गरेका थिए । जोशीले पिडितबाट १ लाख ५० हजार रकम ठगी गरी सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई साउन ५ गते काठमाडौं महानगरपालिका वडा नं. ३१ बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी