काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
सोमबार १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९६ हजार १ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।