×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई वर्षसम्म प्रयोगमा नआएका जिमेल अकाउन्टहरु डिलिट हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दुई वर्षसम्म प्रयोगमा नआएका जिमेल अकाउन्टहरु डिलिट हुने

Artha Sarokar

१४ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुगलले आउँदो डिसेम्बरदेखि दुई वर्षसम्म प्रयोगमा नआएका निष्क्रिय जिमेल अकाउन्टहरु डिलिट गर्ने भएको छ ।

गुगल कम्पनीकाअनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन भएको छैन भने सो अकाउन्ट स्वतस् डिलिट हुनेछ । कम्पनीले सन् २०२० मा अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि ल्याएको थियो ।

यद्यपि उक्त समयमा यो नियम अनुसार दुई वर्षसम्म प्रयोगमा नआएको जिमेल अकाउन्टमा भएका डेटा डिलिट हुने बताइएको थियो । अब भने डेटा मात्र नभइ पूरै अकाउन्ट नै डिलिट हुने जनाइएको छ ।

साथै, यो नियम यो वर्षको डिसेम्बर महिनापछि लागू हुने कम्पनीको भनाइ छ ।  प्रयोग नगरिएका अकाउन्ट ह्याक हुने सम्भावना बढी हुने भएकाले गुगलले सुरक्षाका लागि निष्क्रिय अकाउन्ट डिलिट गर्ने तयारी गरेको हो । तर डिलिट गर्नुअघि सबै गुगल अकाउन्टमा पूर्वसूचना दिइने गुगलले उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी