काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।
मंगलबार १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९६ हजार ३ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ ।