×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ वर्षमा ४ सय ५६ जना विदेशी अध्ययनका लागि नेपाल आए !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१ वर्षमा ४ सय ५६ जना विदेशी अध्ययनका लागि नेपाल आए !

Artha Sarokar

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षमा विदेशबाट ४ सय बढी विदेशी नागरिक अध्ययनका लागि नेपाल आएको पाइएको छ । वर्षेनी उच्च शिक्षा अध्ययनका लागि भन्दै नेपालबाट लाखौँ विद्यार्थी विदेश गईरहेको बेला गत आर्थिक वर्ष २०७९/८० मा भने ४ सय ५६ जना विदेशी अध्ययनका लागि नेपाल आएका हुन् ।

यसो त गत आर्थिक वर्षमा मात्रै नेपालबाट १ लाख भन्दा बढी विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश गएका छन् । जसमध्ये सबैभन्दा धेरै विद्यार्थी अष्ट्रेलियामा विज्ञान तथा प्रविधि पढ्न गएका छन् ।

यसैबीच विदेशबाट भने ४ सय ५६ जना विदेशी नागरिकले नेपाललाई अध्ययनको गन्तव्य बनाएका छन् । अध्ययनका लागि नेपाल आउने विदेशी नागरिकमध्ये अधिकांशले कृषिसम्बन्धी अध्ययन गर्ने गरेको पाइएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी