काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ छ, लोकल सानो गोलभेँडाको मूल्य ९४ रुपैयाँ कायम गरेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ भने स्थानीय काउलीको मूल्य ६० रुपैयाँ रहेको छ ।
यस्तै, गाजर प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला ३०, फर्सी पाकेको ४०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
यता, फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १३० रुपैयाँमा विक्रि भईरहेको छ । अनार ३२० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम २२०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्