×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई लाईफको सेयर नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आईएमई लाईफको सेयर नेप्सेमा सूचीकृत

Artha Sarokar

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको आईएमई लाईफको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साउन १८ गते (बिहीबार) नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो । योसँगै आइतबारदेखि आईएमई लाईफको सेयर कारोबार दोस्रो बजारमा सुरु हुने भएको छ ।

नेप्सेले कम्पनीका सेयरलाई पहिलो कारोबारका लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।

कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ प्रिमियम सहित २३६ रुपैयाँमा प्रतिकित्तामा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको कुल ४ अर्ब रुपैयाँ बराबरबो १०० रुपैयाँ अंकित मूल्यका ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी