×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको नाफा बढ्यो, निक्षेपमा ११ प्रतिशतको बढोत्तरी, कर्जा लगानीमा पनि सुधार (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा बैंकको नाफा बढ्यो, निक्षेपमा ११ प्रतिशतको बढोत्तरी, कर्जा लगानीमा पनि सुधार (विवरणसहित)

Artha Sarokar

१९ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंक लिमिटेडको नाफा बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा २५.१३ प्रतिशत बढी खुद नाफा आर्जन गरेको जनाएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९ करोड ३१ लाख खुद नाफा आर्जन गरेको थियो । तर, गत आर्थिक वर्ष २०७९ ८० को सोही अवधिमा बैंकले खुद नाफा २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा २ अर्बभन्दा बढी रहेको छ । चौथो त्रैमाससम्म बैंकको यस्तो मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २६.७७ प्रतिशत र सञ्चालन मुनाफा २७.९६ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ । १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ भने कर्जा लगानी ६.५० प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी