×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको नाफामा सामान्य बढोत्तरी, निक्षेप १६ प्रतिशतले बढ्दा ईपीएस ५४ पैसाले घट्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको नाफामा सामान्य बढोत्तरी, निक्षेप १६ प्रतिशतले बढ्दा ईपीएस ५४ पैसाले घट्यो (विवरणसहित)

Artha Sarokar

१९ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंकको नाफा ९.९१ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्षको असार मसन्तसम्म बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । यता नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ ।

त्यस्तै, असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ । १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशतले बढेको छ भने कर्जा लगानी पनि ३.०६ प्रतिशतले बढेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी