×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया क्यापिटलको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानी ५२ रुपैयाँ १० पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एशिया क्यापिटलको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानी ५२ रुपैयाँ १० पैसा

Artha Sarokar

२२ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । क्यापिटलले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार २० करोड रुपैयाँँ चुक्ता पूँजी रहेको क्यापिटलले आर्थिक वर्ष २०७९/०८० मा १० करोड ४२ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । क्यापिटलको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ १० पैसा कायम गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँच वटा योजनाहरु संचालन गरिरहेको छ । संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल ‘एनआईसी एशिया ग्रोथ फण्ड’ ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत र चौथो वर्ष १३ प्रतिशत गरी हालसम्म ६५ प्रतिशत लाभांश वितरण गरिसकेको जनाएको छ ।

त्यस्तै, ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत र तेश्रो वर्ष १३ प्रतिशत गरी हालसम्म ५१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत र दोश्रो वर्ष ६ प्रतिशत गरी हालसम्म १६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८० मा क्यापिटलबाट संचालित योजनाहरु ‘एनआईसी एशिया ग्रोथ फण्ड’ को खुद सम्पत्ति मूल्य (एनएभी) ११.९८, ‘एन आई सी एशिया ब्यालेन्सड् फण्ड को खुद सम्पत्ति मूल्य (एनएभी) रु.११.२८, पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ को खुद सम्पत्ति मूल्य (एनएभी) रु.११.१०, तेश्रो बन्दमुखी योजना ‘एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड’ को खुद सम्पत्ति मूल्य (एनएभी) रु.१०.७४ तथा चौथो बन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड”को १०.६७ कायम गर्न सफल भएको छ ।

‘एनआई सी एशिया डाइनामिक डेप्ट फण्ड’ले आ.व. २०७९/८० को लागि १० प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ । नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सबै भन्दा सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ SIP AND SWP योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी