काठमाडौँ । काठमाडौँमा उपत्यकामा जेलमा रहेका अधिकांश बिदेशी अपराधीमध्ये अधिकांश चिनियाँ रहेको पाइएको छ । उपत्यकाका विभिन्न ठाउँमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका २८३ विदेशी नागरिकहरुमध्ये अधिकांश चिनियाँ नागरिक हाल जेलमा रहेको पाइएको हो ।
अदालतबाट कैद सजाय तोकिएकादेखि पुर्पक्षका लागि थुनामा रहेकाहरुसम्म जोड्दा उपत्यकामा कुल २८३ बिदेशी जेलमा छन् । देशभरका कारागारमा भने ८५० विदेशी कैदी रहेका सो विभागले जनाएको छ । अन्य ठाउँको तुलनामा काठमाडौँमा चिनियाँ अपराधीहरु धेरै जेलमा छन् । तीमध्ये मानव बेचबिखन, तस्करी, र वित्तीय अपराधमा संग्लग्न चिनियाँहरु धेरै छन् ।
कारागार व्यवस्था विभागको पछिल्लो तथ्यांकानुसार सुन्धारास्थित केन्द्रीय कारागारमा सबैभन्दा बढी १८७ विदेशी कैदी छन् भने ललितपुरस्थित नख्खु कारागारमा ७१ विदेशी कैदी छन् । यता डिल्लीबजारस्थित सदरखोरमा २५ विदेशी कैदी राखिएको छ । विदेशी कैदीहरूले दैनिक ८० रुपैयाँ नगद र ७०० ग्राम चामल पाउने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्