काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रसका सांसद सुनिल शर्मालाई आईएस्सी उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आशंकामा पक्राउ गरेको जनाएको छ । सांसद पक्राउ गरिएको जानकारी संसदलाई जानकारी गराउँदै सीआईबीले यस्तो जनाएको हो ।
मोरङ–३ बाट निर्वाचित सांसद शर्मालाई सीआईबीले बिहीबार गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत सांसद शर्मा पक्राउ परेका हुन् ।
उनले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको शैक्षिक प्रमाणपत्र नै नक्कली पाइएको सीआईबी स्रोतले दाबी गरेको छ । शर्माले भारतबाट ल्याएको प्रमाणपत्र नक्कली भएको पाइएको हो । सम्बन्धित कलेजमा बुझ्दा रेकर्डमा नभएको पाइएपछि पक्राउ गरिएको स्रोतले बताएको छ ।
सोही प्रकरणमा सीआईबीले सांसद शर्मासँगै डा.रञ्जितकुमार यादव र डा.अमित चौधरीलाई पनि पक्राउ गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्