काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप २ जना डाक्टरलाई पक्राउ गरेको छ । अपरेशन ‘फक्सट्रट चार्ली’ अन्तर्गत काठमाडौंस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी पक्राउ परेका हुन् ।
शिल्पकारलाई बिहीबार राती नै काठमाडौंदेखि पक्राउ गरिएको र चौधरीलाई मोरङबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार चौधरीले मोरङमा आफ्नै निजी क्लिनिक सञ्चालन गर्दै आएका थिए ।
शिल्पकार र चौधरी पक्राउ परेसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पक्राउ पर्नेहरुमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, महोत्तरीका डा. रञ्जितकुमार यादव, डा. एरिना शाह र रौतहटका डा. रामबाबु यादव रहेका छन् ।
सीआईबीले बिहीबार नै नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पनि एमबिबिस पढ्नका लागि आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा पक्राउ गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्