काठमाडौं । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्यमा भारी वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।
बजारमा गोलभेँडाको न्युनतम मूल्य १६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण भएको छ । लोकल सानो गोलभेँडाको मूल्य १० रुपैयाँले बढेर ७० रुपैयाँ पुगेको छ । रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले बढेर ५० रुपैयाँ पुग्दा भारतीय सुकेको प्याजमा पनि २ रुपैयाँले बढेर प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । आइतबार स्थानीय काउलीको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी ८० रुपैयाँ न्युनतम मूल्य पुगेको छ ।
त्यस्तै, कन्य च्याउ प्रतिकेजी २०० रुपैयाँ , डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाजर प्रतिकेजी ११० रुपैयाँमा बिक्री भईरहेको छ भने घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, भटमासकोशा १०० रुपैयाँ तोकिएको छ । तितो करेला ६०, लौका ७०, परवल ६०, घिरौला ४०, फर्सी पाकेको ५०, काँक्रो लोकल ९० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ ।
समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य २० रुपैयाँले बढेर आज प्रतिकेजी ३५० पुगेको छ । कागती १३०, अनारमा पनि ५० रुपैयाँ प्रतिकेजी बढेर आज ३५०, तरबुजा हरियो ७०, मौसम १६०,मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्