×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्रेक शु’ बाट छुट्याइएको ६० किलो सुन आज गालिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘ब्रेक शु’ बाट छुट्याइएको ६० किलो सुन आज गालिने

Artha Sarokar

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तस्करीको सुन आज गालिने भएको छ । २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाट बरामद गरिएको सुन आज (मंगलबार) गालिने भएको हो ।

काठमाडौंको सिनामंगलबाट समातिएको १ सय ५५ किलो ‘ब्रेक शु’ सहितको सुन सोमबार छुट्याइएर जोखिएको थियो । सोमबार नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा छुट्याएर जोख्दा सुनको तौल ६० किलो ७८९ ग्राम भेटिएको छ ।

यसरी मोटरसाइकलको ‘ब्रेक शु’ बाट छुट्याइएको सुन मंगलबार बिहान १० बजे गालिने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुको रहोबरमा सुन गालिने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी