Skip to content
LAXMI SUNRISE BANK

‘प्राविधिक समस्या नआए’ कक्षा १२ को नतिजा आजै प्रकाशन हुने !

अर्थ सरोकार

काठमाडौँ । प्राविधिक समस्या नआएको खण्डमा कक्षा १२ को नतिजा आजै (मंगलबार) सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक हुने तयारी भएको हो ।

बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि तयारी सकिएको जनाकारी दिएका छन् । सो नतिजा नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK