Skip to content
LAXMI SUNRISE BANK

हजमा साउदी जान निवेदन माग, पहिलो किस्ता डेढ लाख !

अर्थ सरोकार

काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि निवेदन आह्वान गरेको छ । सन् २०२४ (हज १४४५)का लागि नेपालबाट १२ सय जना इस्लाम धर्मावलम्बीहरूका लागि निवेदन माग गरिएको हो ।

साउदी अरब सरकारबाट आएको कोटा अनुसारमा साउदी जान चाहनेले २९ साउन (सोमबारदेखि) असोज ३० गतेसम्म एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आह्वान गरेको छ ।
आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

आवेदन दिन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्तावापत एक लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड १९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पेस गर्नुपर्नेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK