Skip to content
LAXMI SUNRISE BANK

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार युरो एकको खरिद दर १४४ रुपैयाँ ९३ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १७ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ ।

त्यस्तै, सोमबारको तुलनामा मंगलबार पाउण्ड बढेर आएको छ । सोमबार पाउण्डको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको थियो ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । थप विवरणसहितः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK