×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ मंगलबार तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ मंगलबार तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्य अनुसार हरियो तरकारीको मूल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्म घटेर आएको छ । सोमबार गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी २० रुपैयाँले घटेको छ । सोमबार प्रतिकेजी गोडभेँडा १६० रुपैयाँ न्यूनतम कायम भएको मूल्य आज १४० रुपैयाँ तोकिएको छ ।

लोकल सानो गोलभेँडाको मूल्य १० रुपैयाँले घटेर ६० रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलुको न्यूनतम मूल्य ५० रुपैयाँ पुग्दा भारतीय सुकेको प्याज पनि प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । स्थानीय काउली ३० रुपैयाँले घटेर प्रतिकेजी ५० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।

त्यस्तै, कन्य च्याउको मूल्य २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, गाजर प्रतिकेजी १०० रुपैयाँ, घिउ सिमी लोकल ७०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ५०, परवल ५५, घिरौला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ ।

यता, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० रहेको छ । कागती १२०, अनार ३५०, तरबुजा हरियो ७०, मौसम १५०,कालो अंगुर ४०० र नासपाति लोकल ६० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी