Skip to content
LAXMI SUNRISE BANK

५ लाख घुससहित सप्तरीमा अपरेटर र लेखापाल पक्राउ

अर्थ सरोकार

काठमाडौं । घुस रकमसहित सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई जना कर्मचारी पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका दुई कर्मचारीलाई पाँच लाख घुससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाउँपालिकाका अपरेटर विरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव रहेका छन् ।

पक्राउ परेका विरेन्द्रकुमारको साथबाट नगर २ लाख रुपैयाँ र लोखापाल यादवको साथबाट घुस बापतको तीन लाखको चेक बरामद गरिएको छ ।

उनीहरुले सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । हाल पक्राउ परेका दुवैजनाविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK