काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राती प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
यसअघि ३१ साउनमा सीआईबीले सुन तस्करी प्रकरणमा संलग्न ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधबार पक्राप पर्नेमा काठमाडौंको ठमेलस्थित केटीबो रेष्टुरेन्टका सञ्चालक टीयान मि र वेन तोङ पनि पक्राउ परेका छन् । त्यस्तै, सीआईबीले तस्करीको सुन ओसार्ने कार्यमा संलग्न रहेको पाइएपछि डिङ सेग्फा र ली नेङकाईलाई पनि पक्राउ गरेको छ ।
योसँगै त्रिभुवन विमानस्थल परिसबाट बरामद गरिएको सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ । यसअघि प्रहरीले सोही प्रकरणका मुख्य नाईकेका रुपमा तिब्बत मुलका ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्