Skip to content
LAXMI SUNRISE BANK

नक्कली सर्टिफिकेट प्रकरणः चितवनबाट थप १ जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । नक्कली सर्टिफिकेट प्रकरणमा चितवनबाट एकजना पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एबीबीएस अध्ययनरत विद्यार्थी नसिम अख्तरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अख्तरलाई चितवनबाट काठमाडौं ल्याईंदै गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् ।

अख्तरले एमबीबीएस पढ्नका लागि आईएससीको नक्कली सर्टिफिकेट बुझाएको आरोप लागेको छ । उनले एमबीबीएस पढ्नका लागि काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास गरेको सर्टिफिकेट पेश गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK