काठमाडौं । काठमाडौं महानगरपालिकाले करारका कर्मचारीलाई स्थायी नियुक्ती दिने भएको छ । महानगरले २०६४ सालभन्दा अघिदेखि जोडिएका सबै करारका कर्मचारीहरुलाई स्थायी बनाउने भएको हो ।
नगर कार्यपालिका बैठकले सर्वोच्च अदालतको आदेश अनुसार करारमा नियुक्त भएका सबै कर्मचारीलाई स्थायी बनाउने निर्णय गरेको महानगरले जनाएको छ ।
महानगरले कार्यविधि बनाएर करारका सबै अस्थायी कर्मचारीलाई स्थायी बनाउने तयारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।