Skip to content
LAXMI SUNRISE BANK

परिसंघले भन्यो- ‘पारिश्रमिक वृद्धि समयानुकुल भएन, यही परिस्थितिमा बढेको पारिश्रमिक कार्यान्वयन गर्न सकिदैन’

अर्थ सरोकार

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले बढाएको श्रमिकको पारिश्रमिक दिन नसक्ने बताएको छ । सरकारले राजपत्रमै प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि परिसंघले भने वृद्धि भए अनुसारको पारिश्रमिक दिन नसक्ने भन्दै आपत्ति जनाएको हो ।

मुलुकको अर्थतन्त्र संकटमा रहेको र उच्च ब्यादर तर उत्पादन र माग न्यून भएका कारण हाल सरकारले बढाए अनुसारको पारिश्रमिक दिन नसकिने परिसंघको भनाई छ ।

हाल मुलुकको आर्थिक अवस्था र मन्दीका कारण निजी क्षेत्र निरुत्साहित भएको परिसंघको ठहर छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको र उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेको दाबी समेत परिसंघले गरेको छ ।

मन्दीका कारण मुलुकमा सृजित समस्याका कारण श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको बताएको परिसंघले बताएको छ । त्यस्तै, परिसंघले शिथिल हुँदै गएको अर्थतन्त्र चलायमान बनाउन, बजारको माग वृद्धि गर्न र उत्पादन लागत घटाउनेतर्फ पहल गर्न परिसंघले सरकारसँग माग गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK