काठमाडौं । जुम्लामा बेरोजगार युवाहरुलाई बाँदर धपाउने जागिर दिने गरिएको छ । जिल्लाको सिंजा गाउँपालिका ६ भाडगाउँमा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बेरोजगार युवालाई बाँदर धपाउने जागिर दिने गरेको पाइएको हो ।
बाँदर आतंक रोक्नका लागि गाउँलेबाटै रकम उठाएर पारिश्रमिक दिने गरी बेरोजगार युवालाई जागिर दिने गरेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार उक्त गाउँपालिकामा बाँदर धपाउने चौकिदार हरेक ६/६ महिनामा फेरिन्छन् । गाउँमा बेरोजगार धेरै भएपछि चौकिदारका रुपमा पारिश्रमिक दिएर उनीहरुलाई नै परिचालन गर्ने गरिएको छ ।
हाल उक्त गाउँपालिकामा बाँदर धपाउने चौकिदारमा ३४ वर्षीय प्रेमबहादुर दमाईलाई नियुक्त गरिएको छ । उनले महिनामा १६ हजार ५ सय रुपैयाँ तलब पाउँछन् । उनको तलबका लागि गाउँका १ सय ६५ घरधुरीले महिनामा एक–एक सय रुपैयाँ उठाउने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्