काठमाडौं । साताको कारोबारको पहिलो दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
शुक्रबार एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर एक हजार तिन सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ५ सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ९५ रुपैयाँ र चाँदीको मूल्य एक हजार एक सय ९२ रुपैयाँ कायम गरेको छ ।