काठमाडौं । नेपालमा प्याजको मूल्य वृद्धि हुने भएको छ । भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्यात गरेसँगै नेपालमा प्याजको मूल्य बढ्ने भएको हो ।
हालसम्म भारतबाट बाहिरी देश निर्यात हुने प्याजमा कुनै पनि कर लाग्दैन थियो । तर, भारतको वित्त मन्त्रालयले अबदेखि प्याजको निर्यातमा ४० प्रतिशत कर लाग्ने जनाएको छ । हाल नेपाली बजारमा बिक्री हुने प्याज भारतबाटै आयात हुने गर्छ । यस कारण पनि अब नेपाली बजारमा प्याजको मूल्य ५० प्रतिशतले बढ्ने निश्चित देखिएको छ ।
प्याजको निर्यात र मूल्य वृद्धिलाई नियन्त्रण गर्न भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा कर लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतबाट निर्यात हुने प्याजमा ४० प्रतिशत कर लाग्ने भएपछि नेपालमा पनि प्याज महंगिने भएको हो ।
गत आर्थिक वर्षमा मात्रै नेपालले भारतबाट ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो । स्वदेशी उत्पादनले बजारको माग थेग्न नसक्ने भएपछि भारतबाट प्याज आयात गर्नुपर्दा मूल्य वृद्धि हुने व्यवसायीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्