Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ५ सय ६५, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ९५ र १० ग्राम चाँदीको मूल्य एक हजार एक सय ९२ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK