काठमाडौं । काभ्रेमा सेयर बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । युवाहरुमा सेयर बजारबारे जानकारी दिने उद्देश्यले आइतबार नेपाल प्रहरी स्कुल, साँगामा सेयर बजार सम्बन्धी तालिम प्रदान गरिएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा २८० जनाको सहभागिता रहेको थियो । इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कुल साँगाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सेयर बजार सम्बन्धी जानकारी दिनुका साथै कार्यक्रम स्थलमै सहभागीहरुको डिम्याट खातासमेत खोलिएको थियो ।
त्यस्तै, कार्यक्रमले वित्तीय साक्षरता र जागरूकताको प्रसारका जानकारीहरु दिइएको थियो । तालिममा सहभागीहरुलाई सचिन सिलवाल, शिव चन्द र श्रीहरि कार्कीले सेयर बजारको परिप्रेक्षक, निवेश रणनीतिहरू र सुस्त वित्तीय निर्णयहरूबारे प्रशिक्षण प्रदान गरेका थिए ।
युवाहरुमा सेयर बजारबारे जानकारी दिन, बजारको अवस्थाबारे जानकार रहन मद्दत मिल्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्