Skip to content
LAXMI SUNRISE BANK

‘हिमालयन ८०-२०’ का इकाईमा आवेदन दिने समय थपियो

अर्थ सरोकार

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको नयाँ म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ का इकाईमा आवेदन दिने समय थप भएको छ । ३२ साउनमा निष्काशन भएको उक्त म्युचल फण्डमा आवेदन दिने समय भदौ ४ गते सकिएको छ । तर, प्रयाप्त आवेदन अपरेपछि आवेदन दिने समय भदौ १५ गतेसम्म थप गरिएको हो ।

नेपाली पूँजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०-२०’ निष्काशन गरिएको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिनेछ । सो फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

‘हिमालयन ८०-२०’ नामक उक्त योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पूँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पूँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरी लगानीकर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरी संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK