×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लक्ष्मी भ्यालु फण्ड-२’ को इकाई बाँडफाँट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘लक्ष्मी भ्यालु फण्ड-२’ को इकाई बाँडफाँट

Artha Sarokar

५ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी भ्यालु फण्ड-२’ का इकाइहरु भदौ ४ गते बाँडफाँट भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा सोमबार उक्त म्युचुअल फण्डका इकाइहरु बाँडफाँट भएको हो ।

गत साउन ५ गतेदेखि साउन १९ गतेसम्म यो योजनाका इकाईहरु बिक्री खुला गरेको थियो । निर्धारित समयावधिभित्र नै शतप्रतिशत इकाइ बिक्री भएको क्यापिटलले जनाएको छ ।

लक्ष्मी भ्यालु फण्ड-२ को कुल ८ करोड इकाई निष्कासन भएको थियो । जसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई छुट्याएको थियो । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी