काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएको कवाडी गोदाममा डोजर चलाएको छ । महानगरले चाहविलको ओम हस्पिटल नजिकै रहेको कवाडी गोदाममा डोजर चलाएको हा े ।
उक्त कवाडी गोदामले सार्वजनिक जग्गा मिचेर गोदाम निर्माण गर्नुका साथै अनाधिकृत रुपमा निर्माण गरिएका टहराहरु भत्काइएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीका अनुसार उक्त कवाडी गोदामले लामो समयदेखि सार्वजनिक जग्गाको अनाधिकृत रुपमा भागचलन गर्दै आएको थियो ।
हाल डोजर लगाइएको उक्त कवाडी गोदामको संरचना खाली गराउने काम भईरहेको छ । पछिल्लो समय सार्वजनि जग्गा खाली गराउने कार्यमा आक्रामक शैलिमा उत्रिएका महानगरले मंगलबार उक्त गोदाममा डोजर चलाएको हो ।