काठमाडौं । नेपाल राष्ट्र बैंकले चार रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै चार रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गर्ने जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार लाइसेन्स खारेज हुनेमा टाइम्स रेमिट प्रा.लि., इसारा रेमिट प्रा.लि., ओभरसिज रेमिट प्रा.लि., पे सेफ रेमिट प्रा.लि. रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्न इजाजत पाएका रेमिट्यान्स कम्पनीको इजाजतपत्र विप्रेषण नियमावली २०७९को विनिमय ९१३० को उप–विनिमय (१०) को खण्ड (ङ) र सोही विनिमयको उपविनिमय (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज गरिने भएको हो ।
कारोबारको सिलसिलामा कुनै कम्पनीको कुनै व्यक्ति वा संघसंस्थासंग लेनदेन रकम बाँकी भए सूचना प्रकाशित भएको ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले आह्वान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्