×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालेखा परीक्षक बन्न दुई सिएसहित १६ जनाको आवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालेखा परीक्षक बन्न दुई सिएसहित १६ जनाको आवेदन

Artha Sarokar

६ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालेखा परीक्षक बन्नका लागि १६ जनाले आवेदन दिएका छन् । महालेखापरीक्षकको ६ वर्षे कार्यकालबाट टंकमणी शर्मा (दंगाल)ले अनिवार्य अवकाश पाएपछि रिक्त पदका लागि दुई सिएसहित १६ जनाले आवेदन दिएका हुन् ।

महालेखा परीक्षकका लागि आवेदन दिनेमा महालेखा परीक्षक कार्यालयका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले, उपमहालेखापरीक्षक वामदेव शर्मा, नायव महालेखापरीक्षक चन्द्रकान्त भण्डारी र वैकुण्ठ बहादुर अधिकारी रहेका छन् ।

त्यस्तै, उपमहालेखापरीक्षक राममाया कुँवर र पूर्व नायव महालेखापरीक्षक अशोक कार्कीले पनि महालेखा परीक्षकका लागि आवेदन दिएका छन् । यस्तै राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख समेत रहेका बहालवाला सचित तोयम रायले पनि महालेखा परीक्षकका लागि आवेदन दिएका छन् । त्यस्तै, पूर्व सचिव गोपीनाथ मैनाली, रामशरण पुडासैनी, हरि बस्याल, रामप्रसाद थपलिया, शिशिरकुमार ढुंगाना, शंकर खरेल, सिए सुबोधकुमार कर्ण र सिए हरि सिलवालले पनि आवेदन दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी