काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी ९० रुपैयाँ रहेको छ भने भारतीय ठुलो गोलभेडा १४० रुपैयाँ रहेको छ । त्यस्तै टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ६३ रुपैयाँ प्रतिकेजी रहेको छ र लोकल सानो गोलभेडा ५० रुपैयाँ रहेको छ ।
साथै, रातो आलो ५० रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र रातो आलु(मुडे) ४५ रुपैयाँ रहेको हो । समितिका अनुसार लोकल गाजर ११० रुपैयाँ प्रतिकेजी, लोकल बन्दा ५० रुपैयाँ प्रतिकेजी, स्थानीय काउली ७० रुपैयाँ प्रतिकेजी, सेतो मुला ७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । भन्टा लाम्चो ६०, डल्लो भन्टा ८०, तने बोडी ७०, मकै बोडी ७०, लोकल घ्यु सिमी ६०, राजमा १२०, टाटे सिमी ८०, भटमासकोशा ७०, तिते करेला ८०, लौका ६०, परवल ५०, चिचिण्डो ४०, घिरौला ६०, पाकेको फर्सी ५०, हरियो(डल्लो) फर्सी ८० र भिन्डी ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
त्यस्तै, रायोको साग प्रतिकेजी १४० रुपैयाँ, तोरीको साग ६०, हरियो प्याज १६०, कन्य च्याउ १८०, डल्ले च्याउ ४००, कुरिलो ३५०, निउरो ७०, ब्रोकाउली १४०, चुकुंदर ८०, सजीवन १८०, गान्टे मुला ८० र तोफु ११० रुपैयाँ रहेको छ ।
यता फुजी स्याउ ३५० रुपैयाँ, केरा दर्जनको १३० रुपैयाँ, कागती १२०, अनार ३००, आँप २००, कालो अंगुर ४००, हरियो तर्बुजा ७०, मौसम १२०, जुनार ३००, भुई कटहर १५०, काक्रो ७०, रुख कटहर ४०, निबुवा ६०, नासपाती ६०, चाइनिज नासपाती ३००, भारतीय मेवा ८०, अम्बा १४०, लप्सी ५०, किवी ७००, सरिफा २५०, अभोकाडो ३५०, अमला १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्