×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६७ हजार ४ सय ८१ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६७ हजार ४ सय ८१ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले ६७ हजार ४ सय ८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सो सेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ । त्यस्तै, सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यलय थापागाउँ, काठमाडौंमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी