काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १:०.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्