×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुन तस्करीको घटना लुकाउन गिरिबन्धु टी स्टेट भ्रष्टाचारको आरोप लगाईयो’ : केपी ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सुन तस्करीको घटना लुकाउन गिरिबन्धु टी स्टेट भ्रष्टाचारको आरोप लगाईयो’ : केपी ओली

Artha Sarokar

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको भ्रष्टाचार लुकाउ आफूलाई गिरिबन्धु टी स्टेटको भ्रष्टाचारको आरोप लगाएको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पहिले नै ७० बिगा जग्गा बेचेकोमा उनले आफ्नो सरकार हुँदा कानुन बिना बेच्न पाईदैन भनेर कानुन बनाउँदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउन आफूलाई आरोप लगाइएको टिप्पणी गरेका छ । उनले भने, ‘१०० केजी ५१ मा झर्यो । साढे ९ केजी कतिमा झर्यो थाहा छैन । गिरिबन्धु टी स्टेट छ झापामा त्यो मेरो होईन गिरि बन्धुको हो २१ सालदेखी छ । पहिले नै ७० बिगा पटकपटक गरेर बेचेको थियो उहाँहरुकै सरकारले म आएपछि कानून बिना बेच्न हुँदैन भनेको थिए । कानून बनाईदिए भ्रष्टाचार भयो रे ।’
उनले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरेका थिए । नेकपा एमाले देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व भएकाले दुई किलो सुन दुई गट्टा रुपैयाँमा नबिक्ने तर्क गरेका थिए । उनले भने, ‘उता चिल आयो भन्ने एता कुखुरा लाने गरेर झुटा हल्ला फिजाएको छ । यस्ता झुटा सूचनालाई कुनै आधार नमान्नु होला । देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व हो देश बदल्छु भनेर ज्यान दिन गोली खान, जेलमा मर्न तयार भएको नेतृत्व हो । दुई तोला सुन दुई गट्टा रुपैयाँ, यस्ता कुरामा बिक्ने वाला छैन् यो बिक्ने ज्यान होईन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी