Skip to content
LAXMI SUNRISE BANK

माण्डु हाइड्रोपावरको आईपीओ खुल्यो

अर्थ सरोकार

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज (आइतबार)देखि सर्वसाधारणमा प्राथामिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आइतबार बैंकिङ समयपश्चात् आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गरी बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।
मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेकोे छ । आयोजना प्रभावित स्थानीयमा बिक्री हुन नसकेको ७९ हजार ३० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको छ ।

कम्पनीले २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागेको छ । यो आईपीओ बिक्री अवधि भदौ १३ गतेसम्मका लागि तोकिएको छ । तोकिएको अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २४ गतेसम्म बिक्री लम्बिने जानकारी दिइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK