काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीको संचालक समितिको निर्णयानुसार कम्पनीले आफ्नो जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १०० रुपैयाँ दरको १३ करोड रकम बराबरको १३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।
उक्त प्रयोजनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्व तयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
श्री श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाण्डौंमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्